कैलाली- भारतबाट नेपाल आउँदै गरेको बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन जना कैलालीका र एकजना भारतीय चालक रहेका छन् ।
कैलालीको टीकापुर ज्योतिनगरका ४० वर्षीय ललित साउँद व्यवसाय क्षेत्र बस्ने वर्ष ४५ का चन्द्र साउँद रहेका छन् । अन्य दुईजनाको सनाखत हुन कसको छैन ।
शनिवार राति १२ बजे भारतको लखनउबा १४ किलोमिटर नेपालतर्फ यूपी उन्नाउ भन्ने स्थानमा बस दुर्घटना भएको हो ।दुर्घटनामा करिब १५ जना घाइते भएको बताइएको छ । उनीहरूको उपचार भइरहेको छ ।
