बझाङको कालंगागाड जलविद्युतले थाल्यो बिजुली उत्पादन

बझाङ-  निजी क्षेत्रको लगानीमा निर्मित कालंगागाड जलविद्युत आयोजनाले आज ९आइतबार० बिजुली उत्पादन गर्न थालेको छ। बुङगल नगरपालिका र वित्थडचिर गाउँपालिका अन्तर्गत निर्माण सकिएको आयोजनाले आज १५ मेगावाट विद्युत उत्पादन गरी १३२ केभी प्रशारण लाइनमा जोडिएको छ।

वित्थडचिर गाउँपालिका वडा नं ८ रुपैलबाट चमेलिया जलविद्युत आयोजनाको सब-स्टेशनसम्म १३२ केभी प्रसारण लाइनमा विद्युत पठाएर परीक्षण शुरु गरिएको आयोजना कार्यालयले जनाएको छ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

आयोजनाले १३२ केभी प्रशारण लाइन चमेलियामा जोडेकाले प्रशारण लाइनको टावर भएको ठाउँ वरपर आवतजावत नगर्न पनि सबैसँग आग्रह गरेको छ। बुङल क्षेत्रमा निर्माणाधीन माथिल्लो कालंगा जलविद्युत आयोजना, सानीगाड जलविद्युत आयोजना पनि परीक्षण उत्पादनको तयारीमा रहेका छन्।

२०७३ सालमा निर्माण शुरु गरिएको आयोजनाले चाँडै अन्य आयोजनाको पनि परीक्षण उत्पादन थाल्ने तयारीमा रहेको आयोजनाका सञ्चालक विरेन्द्र मल्लले बताए। यो आयोजना सुदूरपश्चिममा अहिलेसम्मको निजी क्षेत्रबाट निर्माण भएको सबैभन्दा ठूलो जलविद्युत आयोजना भएको बताइएको छ।

कालंगा जलविद्युत आयोजनामा माच्छापुच्छ्रे, एनएनबी बैंक, सिभिल बैंकलगायत १० वटा बैंकसँग ऋण लगानी सम्झौता गरी काम सञ्चालन गरिएको थियो। कालंगा बेसिनमा एउटै समूहले ३ वटा जलविद्युत आयोजना एकसाथ निर्माण गरिरहेको छ। यो आयोजना सम्पन्न गर्न करिब ७ अर्ब रूपैयाँ लागत अनुमान गरिएको छ।

Loading...