Satyawati
Division ban Pahalmanpur

अझै भेटिएनन् तुइनबाट खसेर महाकालीमा बेपत्ता बालक

Sostya office Dadeldhura
Purbadhar dadeldhura

दार्चुला-  तुइनबाट खसेर महाकालीमा बेपत्ता भएका दार्चुलाका १० वर्षीय दिपेन्द्र बिष्टको खोजी कार्य जारी छ । गएको बिहीबार व्याँस गाउँपालिका –४ डोकटस्थित अस्थायी तुइनबाट खसेर बिष्ट बेपत्ता भएका थिए । बिष्टकी आमा घाँस काट्नका लागि तुइन तरेर भारततिर गएका बेला उनकै पछि लागेर गएका १० वर्षीय बिष्ट तुइनबाट खसेर महाकालीमा बेपत्ता भएका थिए ।

Malpot office dadeldhura

जिल्ला प्रहरी दार्चुलाका अनुसार बेपत्ता बालको खोजि जारी छ। महाकालीमा बेपत्ता भएका बिष्टको खोजीका लागि सुनसेरा प्रहरीचौकीबाट प्रहरीको टोली खटाइएको छ । तर अहिलेसम्म बिष्ट फेला परेका छैनन् । स्थानीयहरुले वारिपारि जानका लागि व्याँस गाउँपालिका ४ डोकटमा अस्थायी तुइन निर्माण गरेका छन् ।

तुइनबाट बर्षेनी नागरिकले अकालमै ज्यान गुमाउनुपरेपनि राज्यको ध्यान भने जान सकेको छैन् । तुइन विस्थापित गरेको दाबी गर्ने सरकारले यस्ता घटनालाई कहिले ध्यान नदिएको स्थानीयहरुको गुनासो रही आएको छ । केपी ओली प्रधानमन्त्री हुँदा दार्चुला तुइन मुक्त गर्ने भनिए पनि जिल्लाका विभिन्न १ ०/ १२ ठाउँमा तुइन सञ्चालनमा छन्।

 

 

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...