पाल्पामा बस दुर्घटना, छ जनाको मृत्यु

पाल्पा- पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नं. ८ खुर्सानेमा भएको बस दुर्घटनामा ६ जनाको ज्यान गएको छ । रुपन्देहीको सालझण्डीबाट यात्रु लिएर पाल्पाको खुर्साने जाँदै गरेको यात्रुबहाक बस खुसार्ने नजिकै बिहीबार राति ९:३० बजे राधादी गैरामा दुर्घटना भएको हो । ग १ ख ४९७७ नम्बरको बस दुर्घटना हुँदा खुर्साने गाउँका ६ जना महिलाको ज्यान गएको हो ।

Dadeldhura hospital

दुर्घटनामा खुसार्ने गाउँका खेमकुमारी राना, निर्मला घिमिरे, सुरुमा घिमिरे, कमला खत्री र गुनी गाहाको ज्यान गएको वडा नं. ८ का वडा अध्यक्ष रेमबहादुर रानाले जानकारी दिए । मृतक सबै खुर्साने गाउँका रहेको उनले बताए ।

godawari10 Mahila hinsa
Navadurga sun

मृतक मध्ये एकजनाको भने पहिचान हुन सकेको छैन । मृतकमध्ये तीन जनाको शव बाहिर निकालिएको छ भने ३ जनाको शव बसले च्यापेको अवस्थामा छ । बस सडकबाट करिब ६० मिटर तल भिरमा खसेको छ ।

पाल्पा र रुपन्देहीका प्रहरी तथा स्थानीयले उद्धारको कार्य जारी राखेको स्थानीय प्रहरी चौकी जुठापौवाका वरिष्ठ हबल्दार लिलाबहादुर केसीले जानकारी दिए । दुर्घटनामा घाईते भएका अन्य १८ जनालाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको वडाअध्यक्ष रानाले बताए ।

Loading...