नेपालगञ्जमा दादुराका लक्षण देखिएका शिशुको मृत्यु

दाङ- बाँकेको नेपालगञ्जमा दादुराको लक्षण देखिएका शिशुको मृत्यु भएको छ। नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ५ का ३१ महिना उमेरका शिशुको मृत्यु भएको हो। शिशुलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको उपमहानगरका स्वास्थ्य महाशाखाका प्रमुख रामबहादुर चन्दले बताए।

ती शिशुमा दादुराको लक्षण देखा परेको उनले बताए। ज्वरो आउने, शरिरका विभिन्न भागमा राता(राता साना बिबिरा आउनेजस्ता लक्षण देखा परेका थिए। वडा नम्बर ५ मा ८ जना बालबालिकामा उच्च ज्वरोसहित दादुराका लक्षण देखा परेको उनले बताए।

Navadurga sun

सोही वडाको एक घरका ४ जना बालबालिकामा यसअघि पनि दादुरा पुष्टि भएको थियो। दादुराको आशंकामा परीक्षण गरिएको र पोजेटिभ देखिएको उपमहानगरले जनाएको छ।

नेपालगञ्ज उपमहानगरको वडा नम्बर ५, ७ र ८ मा बुधबारसम्म २५ जनामा दादुराको जस्तै लक्षण भएका बिरामी फेला परेका छन्। उनीहरूको उपचार भइरहेको छ। उनीहरूलाई दादुराको खोप लगाइएको थिएन।

ADD Khali jpg
ADD Khali jpg
Loading...