पीएम कप छनौट : बैतडीको लगातार दोस्रो जित

बैतडी- प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनौटअन्तर्गत बैतडीले लगातार दोस्रो जित दर्ता गरेको छ। दोस्रो जित दर्ता गर्ने क्रममा बुधवार बैतडीले डोटीलाई ७७ रनले हरायो। यसअघि मंगलवार बैतडीले अछामलाई ९० रनको पराजित गरेको थियो।

Ganyapdhura gau

बैतडीले दिएको १४२ रनको लक्ष्य पछ्याएको डोटीले १९।१ ओभरमा ६४ रनमा अलआउट भयो। डोटीका लागि हिसिला खड्काले १६ र दिवेश्वरी ठकुल्लाले १० रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्। बैतडीकी करिश्मा थापाले ३, कप्तान रीतु कनौजियाले २ विकेट हात पारे।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

त्यसअघि फाप्ला मैदानमा पहिला ब्याटिङ गरेको बैतडी १९.२ ओभरमा १४१ रनमा समेटियो। जसमा कप्तान रीतु कनौजियाले २४ र संगीता मौनीले अविजित १८ रन बनाए। डोटीकी दिवेश्वरी ठकुल्लाले ४ र हिसिला खड्काले २ विकेट हात पारे। उक्त खेलमा प्लेयर अफ द म्यान डोटीकी दिवेश्वरी ठकुल्ला चुनिइन्।

प्रतियोगितामा सहभागी ७ टोलीमध्ये शीर्ष दुईमा पुग्ने टोलीबीच पुस २३ गते फाइनल भिडन्त हुने सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव तेजप्रकाश भट्टले जानकारी दिए।

प्रदेशस्तरीय छनौट प्रतियोगिताबाट सुदूरपश्चिम प्रदेशको टोली बनाइनेछ। उक्त टोली प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागी हुनेछ। नेपाल क्रिकेट संघको आयोजनामा प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता पुस २९ गतेदेखि इटहरीमा हुँदै छ।

 

Couple
Loading...