हाम्रो पार्टी सत्तारूढ गठबन्धनमा सामेल हुन सक्दैनः माधवकुमार नेपाल

काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धनमा सामेल हुन नसकिने बताएका छन्। सोमबार पोलिटब्युरो बैठकमा पार्टी अध्यक्ष नेपालले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी हुन नसकिने बताएका हुन्।

अध्यक्ष नेपालले भने,‘ वर्तमान राजनीतिक परिस्थितिमा ठिक गरिरहेकै छु। हामी कसैसामु लत्रने पक्षमा छैनौं। हाम्रो पार्टी सत्तारूढ गठबन्धनमा सामेल हुन सक्दैन। हामी देशको हितलाई केन्द्रविन्दुमा राखेर अघि बढ्न चाहान्छौं।’

Navadurga sun

समाजवादीको पोलीटब्युरो बैठक जारी छ। शनिबार र आइतबार बसेको स्थायी कमिटी बैठकले सरकारलाई समर्थनका विषयमा धारणा बनाउन सकेको थिएन।

समाजवादीभित्र सरकारमा सहभागिताका विषयमा मत बाँझिएको छ। केही नेताहरूले वर्तमान सरकारलाई समर्थन मात्रै गर्नुपर्ने बताउँदै आएका छन् भने केहीले सरकारमै सहभागी हुनुपर्नेमा जोड दिएका छन्।

ADD Khali jpg
ADD Khali jpg
Loading...