कृष्णपुर नगरपालीका ६ का कृषकहरुलाई कृषि औजार बितरण




कञ्चनपुर, ९ जेठ- कञ्चनपुरको कृष्णपुर नगरपालीका वडा नं. ६ का कृषकहरुलाई कृषि सामाग्री बितरण गरिएको छ । आईतबार कृष्णपुर नगरपालीका वडा नं. ६ मा रहेको छोट्की बन्जरीया कृषक समुहका कृषकहरुलाई कृषि सामाग्री बितरण गरिएको हो ।





कृष्णपुर नगरपालीकाको ५० प्रतीशत र छोट्की बन्जरीया कृषक समुहको ५० प्रतीशत बजेट गरी जम्मा १० लाख बराबारको ३ वटा हाते ट्रयाकटर, ७ वटा पानी तान्ने मटर र ३ वटा बिषाधी छर्ने स्प्रे बितरण गरिएको छोट्की बन्जरीया कृषक समुहका सचिव जित बहादुर कर्याकङग्रवाल जानकारी दिए ।


कृषि सामाग्री हस्तान्तरण गर्दै कृष्णपुर नगरपालीकाका नगर प्रमुख कणर् बहादुर हमालले नगरपालीका भीत्र रहेका कृषकहरुको हकहितका लागी बिभिन्न कार्यक्रमहरु ल्याएको बताउदै बितरण गरीएको कृषि औजारले कृषकहरुलाइ सहज हुनेमा आफु बिस्वसनिय भएको बताए ।

कृषि सामाग्री बितरण कार्यक्रममा कृष्णपुर नगरपालीकाका नगर प्रमुख कणर् बहादुर हमाल, वडा नं. ६ का वडा अध्यक्ष नथ्थुराम चौधरी र स्थानीय कृषकहरुको सहभागीता समेत रहेको थियो ।



