चौथो शुक्लाफाँटा पर्यटन महोत्सव सुरु

महोत्सवको उद्घाटन मन्त्री प्रेमबहादुर आलेले गरे

कञ्चनपुर- ‘पर्यटकीय सम्भावनाको पुञ्ज, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज’ भन्ने मूल नारा सहित कञ्चनपुरमा चौथो शुक्लाफाँटा पर्यटन महोत्सव सुरु भएको छ ।

भीमदत्त नगरपालिकाको आयोजनामा आइतबारदेखि सञ्चालन भएको चौथो शुक्लाफाँटा पर्यटन महोत्सव एक हप्तासम्म सञ्चालन हुने आयोजकले जनाएको छ । महोत्सवको वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले उद्घाटन गरेका छन् ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

बाह्रसिंगाको लागि निक्कै प्रसिद्ध मानिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जंगली हात्ती, पाटेबाघ, चितुवा, एकसिंङ्गे गैँडा, घोडगधा, जरायो, चित्तल, लगुना जस्ता स्तनधारी जनावर पनि देख्न पाइन्छ । वन्यजन्तु तथा चराचुरुङ्गीहरूका लागि महत्वपूर्ण मानिने निकुञ्जमा साल, सिसौँ र खयरको जंगल तथा ठूलो घाँसे मैदान समेत रहेको छ ।

भीमदत्त नगरपालिकाको आयोजनामा सुरु भएको महोत्सव फागुन १५ गतेसम्म संचालन हुने आयोजकले जनाएको छ।

Loading...