मायाको हत्या गर्ने सशस्त्र प्रहरी जेल चलान

कञ्चनपुर- बैतडीको पञ्चेश्वर गाउँपालिका–४ फ्याउलीकी पूर्वम्यादी प्रहरी २१ वर्षीया माया लुहारको घाँटी रेटेर हत्या गर्ने सशस्त्र प्रहरीका जवान भरतराम कोली पुर्पक्षका लागि जेल चलान भएका छन्। जिल्ला अदालत बैतडीले अभियुक्त कोलीलाई पुर्पक्षका लागि कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए।

Dadeldhura hospital

शिवनाथ गाउँपालिका–४ का २७ वर्षीय कोलीले गत मङ्सिर १३ गते मायाको घाँटी रेटेर हत्या गरेको अभियोग छ।मायाकी भदै नाता पर्ने १५ वर्षीया नेहा लुहारलाई उनले घाँटीमा चक्कु प्रहार गरी घाइते बनाएका थिए।

Navadurga sun
Godawari sandesh

घटनापछि फरार कोलीलाई प्रहरीले मङ्सिर १८ गते कञ्चनपुरको महेन्द्रनगरबाट पक्राउ गरेको थियो। कोलीविरुद्ध कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेर प्रहरीले अनुसन्धान गरेको थियो। उनले माया लुहारको हत्या गरेको स्वीकारेका छन्।

Loading...