प्रकाश कलौनीको ‘मेरा बाबा’ नामक देउडा गीत सार्वजनिक

कञ्चनपुर– प्रकाश कलौनीको ‘मेरा बाबा’ नामक देउडा गीत सार्वजनिक भएको छ। चर्चित गायक गोपाल दयालको स्वर रहेको उक्त गीतको निर्माण काठमाडौंमा रहेको म्युजिक प्लस रेकर्डिङ्ग स्टुडियोले गरेको हो।

आफ्नै लय तथा शब्द रहेको गीतमा कलौनीले आफ्नो बुवा गुमाउनुको पीडालाई गीत मार्फत व्यक्त गर्न खोजेका छन्। बैतडीको तल्लो स्वराड साबिकको शर्माली गाबिस वडा नम्बर १ डिस्लानीमा २०२३ सालमा जन्मिएका उनका बुवा भानदेव कलौनी बुवा हरिदत्त कलौनी र आमा सीता पार्वती कलौनीका माइला छोरा हुन्।

पाँच दाजुभाइ र एक दिदीसंगै हुर्केका उनी सानै उमेरमा परिवारको आर्थिक स्थिती कमजोर भएका कारण निम्नमाध्यमिक सम्मको शिक्षा गाउँमै रहेको श्री नागार्जुन माध्यमिक बिधालय बाट पूरा गरेका हुन्। त्यस पछि कामको लागि भारतका विभिन्न ठाउँमा काम गरेका उनले झण्डै चालीस वर्ष अघी नेपाल विधुत प्राधिकरणमा जागिर सुरुवात गरेका गरेका थिए। आफू जागिरमा लागेपछि परिवारको जिम्मेवारी लिदै आएका कलौनीको दश वर्ष डडेलधुराको बसाई पछि अछाम सरुवा भएका थिए।

अछाम जिल्लाको कैलाश खोला जलविद्युत आयोजना ८ बर्ष बसाईको दौरानमा उनले हेराली अर्थात ज्योतिषी कार्य सुरु गरेका थिए । त्यस पछि त्यस क्षेत्रमा निक्कै भिडभाड हुने गर्थो । जिल्लाको मङ्गलसेन आक्रमण पछि कलौनीको सरुवा डोटि जिल्लाको दिपायलमा भएको थियो।

त्यहाँ झन्डै ८ वर्षको बसाई तथा त्यस क्षेत्रमा त्यहाँका हजारौं मानिसले हेराली मार्फत सेवा लिएका थिए। एकातिर हेराली र अर्को तर्फ जागीरले गर्दा सुदुरपश्चिम प्रदेशका डडेल्धुरा , अछाम , डोटी , बैतडी , दार्चुला , कंचनपुर लगायतका जिल्लामा उनको बसाई रह्यो। विधुत प्राधिकरणमा जागिर तथा हेरालीका कारण कलौनी निकै चर्चित व्यक्ती थिए।

२०७९ साल जेठ १८ गते बिहान १०ः३० मिनेटमा यो संसारबाट सदाका लागी आफ्नो परिवार र यो समाज छोड्नु भएको उनको सम्झनामा उक्त गीत निर्माण गरिएको कलौनीका छोरा बताउँछन्। उक्त गीत नारायण दंगालले एरेन्ज गरेका थिए भने प्रेम दिप रामजालीले मिक्स र मास्टर गरेका हुन्।

को हुन प्रकाश कलौनी ?
कञ्चनपुर जिल्लाको वेदकोट नगरपालिका वडा नम्बर ०९ लालपुर बस्ने प्रकाश कलौनी बुवा स्व। भानदेव कलौनी र आमा श्रीमती कमला देवि कलौनीको कोख बाट जन्मिएका परिवारको जेठो छोरा हुन्। सुदूरपश्चिमको कला, साहित्य, संस्कृति तथा मौलिकतालाई जोगाउन लामो समयदेखि गीत सङ्गीत तथा अन्य कलात्मक सामग्रीहरूलाई जीवन्त राख्दै आफ्नो पहिचान बनाउन सफल एक युवा हुन् प्रकाश कलौनी।

उनले हाल सम्म ‘गाडी गुडी स्वराडमा, शर्माली क्याम्पस गेट, बैतडी कि बसन्ती लाल साडीमा, डोलीमा निक्करी बसेइ, का छै मेरी प्रीयसी ’ लगायतका बहुचर्चित डेउडा गीत रचना गरी अपलोड गरी सकेका छन्। त्यस्तै उनले संस्कृति जगेर्ना गर्ने उद्देश्यले सुदूरका फाग, सगुन, ठाडी भाका, छलिया, हुड्केली, गौरा, डेउडा खेलहरू पनि आफ्नो च्यानलमा अपलोड गर्दै सुदूरका संस्कृतिबारे ज्ञान दिँदै आएका छन्।

Saram-office-2079-080
Leave A Reply

Your email address will not be published.