कैलाली- कैलालीमा चालू आर्थिक वर्षमा भारी मात्रामा राजस्व संकलनमा गिरावट आएको छ । सुदूरपश्चिम प्रदेशको राजधानी समेत रहेको कैलालीमा आर्थिक गतिविधि घटेसँगै राजस्व संकलनमा गिरावत आएको हो । विगतका आर्थिक वर्षहरुमा लक्ष्य भन्दा बढी संकलन हुँदै आएको राजस्व चालू आर्थिक वर्षमा लक्ष्य भन्दा झन्डै आधा मात्रै राजस्व संकलन भएको छ ।


आन्तरिक राजस्व कार्यालयको तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०७९/२०८० को पहिलो चौमासिकमा १ अर्ब ७ करोड ३४ लाख ९० हजार रुपैयाँ संकलन गर्नुनपर्ने लक्ष्य निर्धारण गरिएको भए पनि ५९ करोड ६ लाख २२ हजार रुपैयाँ ९५५।०२ प्रतिशत० मात्रै राजस्व संकलन भएको छ । झण्डै ४५ प्रतिशतले गिरावट आएको सो कार्यालयले जनाएको छ ।


विगतको आँकडा
सोही अवधिमै गत आर्थिक वर्ष २०७८/२०७९ मा १ अर्ब ३६ करोड २१ लाख ७५ हजार संकलन गर्ने लक्ष्य निर्धारण गरिएकोमा एक अर्ब ५२ करोड ६६ लाख २१ हजार रुपैयाँ (११२.०७ प्रतिशत) संकलन गरेको थियो । आर्थिक वर्ष २०७७/२०७८ को साउनदेखि कात्तिकसम्म १ अर्ब ४० करोड रुपैयाँ राजस्व संकलन लक्ष्य निर्धारण गरिएकोमा १ अर्ब ७३ करोड रुपैयाँ ९१२३ प्रतिशत० राजस्व संकलन भएको थियो ।
आन्तरिक राजस्व कार्यालय धनगढीका कर अधिकृत तथा सूचना अधिकारी दुर्गाप्रसाद पौडेलले बजारमा आर्थिक गतिविधि घट्नु, आर्थिक मन्दी हुनु र यहाँ रहेका उद्योगहरु अन्यत्र सर्नुलगायतका कारणले राजस्व संकलन दरमा गिरावट आएको जानकारी दिए । उनले यहाँ रहेको उद्योग अन्यत्र सरेकाले अन्तःशुल्क असुली अत्यन्त न्यून भएको बताए । उनले अन्तःशुल्क असुलीको लक्ष्य पुनरावलोकन नहुँदा पनि राजस्व संकलन दर घटेको बताए ।

चालू वर्ष ४१ करोड ४३ लाख ९४ हजार अन्तःशुल्क असुल गर्ने लक्ष्य निर्धारण भए पनि ६ करोड २८ लाख ७ हजार रुपैयाँ ९१५।१६ प्रतिशत० मात्रै असुल भएको छ । गत वर्ष ६७ करोड ५७ लाख ८० हजार अन्तःशुल्क असुल गर्ने लक्ष्य राखेकोमा ८० करोड ३२ लाख ४३ हजार रुपैयाँ (११८.८६ प्रतिशत) असुल भएको थियो । २०७७÷२०७८ को यही अवधिमा ५९ करोड ६० लाख ४ हजार अन्त शुल्क असुल गर्ने लक्ष्य राखेकोमा ७२ करोड ६६ लाख ७६ हजार (१२१.९० प्रतिशत) असुल भएको थियो ।
स्वास्थ्य सेवा कर असुलीमा पनि झण्डै सतप्रतिशत गिरावट आएको छ । यसवर्ष सो कर १ करोड ८३ लाख ३८ हजार संकलन गर्ने लक्ष्य रहेकोमा ४ लाख ४० हजार रुपैयाँ (२.४० प्रतिशत) मात्रै असुल भएको छ । गतवर्ष ४९८.३८ प्रतिशत र २०७७/२०७८ मा २१७.२ प्रतिशत असुल भएको थियो ।
त्यस्तै, साउनदेखि कात्तिकसम्म ३५ करोड २१ लाख ८४ लाख मूल्य अभिवृद्धि कर असुल गर्ने लक्ष्य रहेकोमा २३ करोड ८२ लाख ३७ हजार रुपैयाँ (६७.६५ प्रतिशत) मात्रै संकलन भएको छ । घर बहाल कर र व्याज कर असुली भने सुधार हुँदै गएको देखिएको छ । पहिलो चौमासिकमा २०७७/२०७८ मा ४५.११, २०७८/२०७९ मा ६७.२४ र २०७९/२०८० मा ७२.३९ प्रतिशत घर बहाल कर असुल भएको छ ।
सो कर यसवर्ष ९६ लाख ७७ हजार असुल गर्ने लक्ष्य रहेपनि ७० लाख ५ हजार, गतवर्ष एक करोड २६ लाख ६३ हजार असुल गर्ने लक्ष्य रहेकोमा एक करोड २६ लाख ६३ हजार र २०७७/२०७८ मा ५ करोड ४७ लाख ९८ हजार असुल गर्ने लक्ष्य रहेकोमा दुई करोड ४७ लाख १९ हजार रुपैयाँ असुल भएको थियो ।
घर बहाल कर उठाउने जिम्मेवारी स्थानीय तहमा सरेको भएपनि बक्यौता रहेको घर बहाल कर आन्तरिक राजश्व कार्यालयले असुल गर्दै आएको छ । राजस्व संकलनमा गिरावट हुँदै गए अर्थतन्त्रमा ठूलो असर पर्ने अर्थशास्त्रीहरुले चिन्ता व्यक्त गरेका छन् । कैलाली बहुमुखी क्याम्पसका प्राध्यापक डा। राजेन्द्रवीर चन्दले आर्थिक क्रियाकलाप नभएकाले राजस्व संलकनमा ह्रास आएको बताउँदै व्यापार व्यवसाय घटेको, उद्योग व्यापारमा बैंकको लगानी घटेको, उद्योग, पर्यटन र घरजग्गा कारोबारमा मन्दी रहेको तथा निर्वाचन केन्द्रित सरकारी बजेटलगायतका कारण राजस्वमा असर परेको बताए ।





