काभ्रे बस दुर्घटना : १३ जना मृतकको पहिचान, ७ जना एउटै वडाका

काठमाडौं- काभ्रेको बेथानचोक गाउँपालिका-४ चलाल गणेशस्थानमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १७ पुगेको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख, एसपी चक्रराज जोशीका अनुसार मृत्यु हुनेमध्ये ७ जना एउटै वडाका छन् । मृतक ७९ वर्षीया निर्मला तामाङ, ११ वर्षीय योगेश तामाङ, ५० वर्षीय अंकुर तामाङ, ४३ वर्षीया हेमा तामाङ, १० वर्षीय पुष्कर तामाङ, २५ वर्षीया कोपिला तामाङ, ६ वर्षीया श्रेया तामाङ बनेपा नगरपालिका वडा नं ११ हुन् ।

मृतक १३ जनाको पहिचान भएको छ ।अन्य मृत्यु हुनेमा बनेपा १४ का ३९ वर्षीय राजकुमार तामाङ, २८ वर्षीया गीता श्रेष्ठ, मण्डनदेउपुर नगरपालिका-१ का ३७ वर्षीया जेली तामाङ, धुलिखेल-११ का ३० वर्षीय बुद्ध तामाङ, बेथानचोक-५ का ३२ वर्षीय मञ्जु तामाङ छन् । बस चालक ललितपुर महांकाल-४ घर भई हाल पनौती-४ बस्ने २२ वर्षीय सन्तोष तिमल्सिनाको समेत मृत्यु भएको छ ।मृतकमध्ये ४ जनाको नाम नखुलेको प्रहरी प्रमुख जोशीले जानकारी दिए ।

Navadurga sun

बनेपा नगरपालिका–११ बाट ब्रतबन्धका लागि बेथानचोक गाउँपालिका–५, च्याल्टी पुगेर फर्किँदै गरेको बा३ख ४३८५ नम्बरको रिजर्भ बस मंगलबार राति दुर्घटना भएको थियो ।दुर्घटनामा घाइते २२ जनाको धुलिखेल अस्पताल, बनेपाको शिर ममोरियल अस्पताल, मध्यपुर थिमि अस्पताल, वीर अस्पताल, न्यूरो असपताल बाँसबारीमा उपचार भइरहेको छ। बसमा ३९ सवार थिए ।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...