यी हुन् कांग्रेसले समानुपातिकतर्फ सिफारिस गरेका ३२ नाम [सूची]

काठमाडौँ- नेपाली कांग्रेसले प्रतिनिधिसभाको समानुपातिकतर्फ ३२ जनाको नाम निर्वाचन आयोगसमक्ष सिफारिस गरेको छ । पार्टी कार्यालयमा जारी बैठकले प्रतिनिधिसभातर्फ विभिन्न क्लस्टरबाट ३२ जनाको नाम टुंग्याएको एक पदाधिकारीले जानकारी दिए ।

ती पदाधिकारीका अनुसार समानुपातिक सांसद चयन हुनेमा खसआर्य महिलातर्फ प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवापत्नी आरजु राणा देउवा, खसआर्यतर्फ पुरुषमा कांग्रेस प्रवक्ता प्रकाशशरण महत, दलिततर्फ जीवन परियार र मधेसीतर्फ विमलेन्द्र निधि चयन भएका छन् । आयोगले निर्वाचित गरेपछि मात्रै सांसदको टुंगो लाग्नेछ ।

Navadurga sun

प्रत्यक्षतर्फ कांग्रेसका ५७ सांसद निर्वाचित भएका थिए ।

आदिवासी जनजातितर्फ

१) सरस्वती बजिमय

२) लिलादेवी बोखिम

३) सिताकुमारी राना

४) सुशीला थिङ

५) सपना राजभण्डारी

६) माया राई

७) कुसुम थापामगर

८) मनोरमा सेरचन

खस आर्यतर्फ

१) अम्बिका बस्नेत

२) सरिता प्रसाईं

३) आरजु राणा देउवा

४) ईश्वरी न्यौपाने

५) प्रतिमा गौतम

६) मञ्जु खाँण

७) रमा कोइराला पौडेल

८) कान्तिका सेजुवाल

९) मैना रावल कार्की

मधेसीतर्फ

१) नागिना यादव

२) मुक्ताकुमारी यादव

३) चन्दा चौधरी

४) संगीता मण्डल

५) निनुकुमारी कर्ण

दलिततर्फ

१) शान्ति विक

२) रुपा विक

३) सीता मिजार

४) आशा विक

थारुतर्फ

१) कल्पना चौधरी

२) विनाकुमारी थनेत

मुस्लिमतर्फबाट

१) जावेदा खातुन् जागा

पुरुष

१)जीवन परियार (दलिततर्फ)

२) विमलेन्द्र निधि (मधेसतर्फ)

३) प्रकाशशरण महत (खस आर्यतर्फ)

ADD Khali jpg
ADD Khali jpg
Loading...