पञ्चोदय माध्यमिक विद्यालको शिक्षक अभिभावक संघको अध्यक्षमा भट्ट


अत्तरिया- कैलालीको धनगढीस्थित हसनपुरमा रहेको पञ्चोदय माध्यमिक विद्यालको शिक्षक अभिभावक संघको अध्यक्षमा ज्योती भट्ट चयन भएका छन । शनिवार बिद्यालयमा सम्पन्न शिक्षक अभिभावकको भेलाबाट संघको अध्यक्षमा भट्ट निर्बिरोध चयन गरिएको हो ।






विद्यालय व्यवस्थापन समितीका अध्यक्ष चक्र बमको अध्यक्षतामा भएको भेलाले भट्टको नेतृत्वमा नयाँ कार्य समिति गठन गरिएको हो । भट्ट नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशको कार्यकारी निर्देशक समेत हुन ।

अध्यक्षमा चयन भएका भट्टले आफ्नो कार्यकालमा बिद्यालयको समग्र विकासका लागि सकारात्मक भुमिका खेल्ने प्रतिबद्धता समेत ब्यक्त गरेका थिए ।



