कञ्चनपुरमा सडकखण्ड छेउमा एक पुरूष मृत फेला

Dadeldhura hospital

कञ्चनपुर- कञ्चनपुरमा एक जना पुरूष मृत फेला परेका छन्। पुनर्वास नगरपालिका वडा नम्बर ११ अम्मरबस्तीका अन्दाजी ४५ वर्षीय हरि कार्की मृत फेला परेको प्रहरीले जनाएको छ।

उनी शुक्रबार बिहान बेलौरी सडकखण्डको छेउमा मृत फेला परेका हुन्। घटनाबारे बुझ्न प्रहरी टोली घटनास्थलमा गइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

Loading...