रवि लामिछानेको प्रश्न : दार्चुलामा यो निरीहता कहिलेसम्म ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दार्चुलामा भारतको व्यवहारका कारण नेपालीले ज्यान गुमाउने र घाइते हुने भइरहँदा पनि सरकार निरीह भएको भन्दै आलोचना गरेका छन् । उनले यो निरीहता कहिलेसम्म भन्ने प्रश्न पनि गरेका छन् । महाकाली नदीको वहाव नेपालतर्फ आउने गरी पक्की संरचना बनाएको विरोध जनाउने क्रममा भारततर्फबाट आएको ढुंगाले लागेर ४ जना नेपाली बालबालिका घाइते भएका थिए ।

विगतमा तुइन काटिँदा जयसिंह धामी महाकालीमा बेपत्ता भएको र सडक बनाउँदा विस्फोटबाट आएको ढुंगाले लागेर ९ वर्षका पवन महराको मृत्यु भएको उदाहरण दिँदै सभापति लामिछानेले यस्तो अवस्थामा पनि नेपालको सरकार कहिँ कतै नदेखिएको बताए ।

Navadurga sun

‘वर्षौंको यो निरीहताको कारण के होला रु आफ्नो सीमा जोगाउनु, आफ्ना नागरिकको अभिभावक बन्नुभन्दा अर्को महत्वपूर्ण कुरा के हुन्छ राज्यको रु आफ्नो सीमा जोगाउन, आफ्ना नागरिकलाई सुरक्षा दिन, अन्तर्राष्ट्रिय सन्धि सम्झौताका पाना पाना पल्टाएर बुँदा बुँदा केलाउँदै आफ्नो हक जोगाउन किन सक्दैन सरकार ?’ उनले प्रश्न गरेका छन् ।

लामिछानेले अगाडि भनेका छन्, ‘आफ्नो हक पाउनु भनेको कसैको बिरोध गर्नु होइन, कसैसँग जोरी खोज्नु होइन भन्ने कुटनीति बनाउन के ले रोक्छ सरकारलाई रु राज्य यस्तो हुनु हुदैन । सरकार अब यसरी चल्नु हुदैन । यो निरन्तरको निरिहताको अर्थ अब खोज्नुपर्छ ।’

उनले नेपालको राष्ट्रिय राजनीतिमा नयाँ पुस्ताको आगमन भइसकेको भन्दै यस्ता समस्याका विषयमा नयाँ शिराबाट कुरा गर्न आह्वान गरेका छन् । ‘दार्चुलामा भेट्ने हो कि काठमाडौमा भेट्न हो कि दिल्लीमा भेट्ने हो तय गरौ तर निरीहताको निरन्तरता हाम्रो पुस्तालाई स्वीकार्य छैन’ उनले भनेका छन् ।

ADD Khali jpg
ADD Khali jpg
Loading...