
डोटी- डोटीमा मिनी ट्रक दुर्घटना भएको छ । जिल्ल्लाको दिपायल सिलगढी नगरपालिका–५ जिरो प्वाइन्टमा से १ क ११५९ नम्बरको मिनी ट्रक दुर्घटनामा परेको हो ।


पसलको खुद्रा सामान बोकेको उक्त ट्रक सडकबाट करिब ६० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । दुर्घटनामा मानवीय क्षति नभए पनि ट्रक चालक फरार रहेका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।





