बेलारूसका विदेश मन्त्रीको अचानक मृत्यु

एजेन्सी- बेलारूसका विदेश मन्त्रीको अचानक मृत्यु भएको छ। समाचार संस्था रोयटर्सका अनुसार बेलारूसको विदेश मन्त्रालयले शनिबार सामाजिक सञ्जालमा मन्त्री भ्लादिमिर माकेईको अचानक मृत्यु भएको जनाएको छ।

भोलि (सोमबार) रूसी समकक्षी सर्जेई लाभरोभसँग भेट्ने कार्यतालिका भएका मन्त्री माकेईको कसरी मृत्यु भएको हो भन्नेबारे केही खुलाइएको छैन। माकेई ६४ वर्षका थिए। उनी सन् २०१२ देखि बेलारूसका विदेश मन्त्री थिए। सुरूमा तानाशाही शासक अलेक्जेन्डर लुकासेन्कोका स्टाफ रहेका उनी पछि विदेश मन्त्री बनेका हुन्।

Navadurga sun

विदेश मन्त्री हुँदा उनले सरकार विरोधी प्रदर्शन दमन र बाहिरी दुनियाँमा लुकासेन्को शासनको बचाउ गर्ने गर्थे। दिवंगत माकेईप्रति राष्ट्रपति लुकासेन्कोले श्रद्धाञ्जली व्यक्त गरेका छन्।

ADD Khali jpg
ADD Khali jpg
Loading...