जिपले मोटरसाइकललाई ठक्कर दिँदा कैलालीमा एक जनाको मृत्यु

कैलाली- सवारी दुर्घटनामा परि कैलालीमा एक जनाको मृत्यु भएको छ । जिपले मोटरसाइकललाई ठक्कर दिँदा जिल्लाको गोदावरी नगरपालिका-३ तेघरीका शेरबहादुर पुन मगरको मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको उपचारका क्रममा सेती प्रादेशीक अस्पताल धनगढीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए।

Navadurga sun

पूर्वपश्चिम राजमार्गअन्तर्गत गौरीगङ्गा नगरपालिका वडा ३ को कुचेनीमा बिहीबार पश्चिमबाट पूर्व जाँदै गरेको बा १२ च २११४ नम्बरको जिपले विपरीत दिशाबाट आउँदै गरेको सुपप्र ०१९००८ प ५७५६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...