पाँचौ वडा अध्यक्ष कप भलिबल प्रतियोगिता हुँदै

अत्तरिया- चुरे गाउँपालिका-६ धनेडीमा पाँचौ वडा अध्यक्ष कप भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । राष्ट्रका लागी खेल, स्वास्थ्यका लागी खेल खेल खेलौ स्वस्थ बनौ भन्ने मुल नाराका साथ वडा कार्यालयको खेल मैदान चुरे ६ धनेडी कैलालीमा भलिबल प्रतियोगिता हुने भएको हो ।

Bhancha ghar0

वडा को बार्षिक कार्यक्रम अन्तरगत शुभ दिपावलिको अवसरमा वडाको आर्थिक सहयोगमा चुरे युवा क्लबको आयोजनामा कार्तिक ६ गतेबाट उक्त कार्यक्रम सन्चालन हुन लागेको खेल संयोजक एबम क्लबका सचीव गणेश नाथ योगीले जानकारी दिए।

प्रतियोगिताका विजेता, उपविजेता र तेस्रो हुने टोलीलाई क्रमशः २० हजार, १२ हजार र ८ हजार नगद पुरस्कार मेडल, ट्रफि र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

Hoolyland
Satyawati
Leave A Reply

Your email address will not be published.