भारतमा जन्ती बोकेको बस दुर्घटना, २५ जनाको मृत्यु, ९ घाइते

काठमाडौं- भारतको उत्तराखण्डमा गएराति बस दुर्घटना हुँदा कम्तीमा २५ जनाको मृत्यु भएको छ। हरिद्वारको लालढांगबाट ५० जना जन्ती बोकेर काडागाउँ जाँदै गरेको बस पौडी गढवाल जिल्लामा दुर्घटनामा परेको हो। रातिमा भएको दुर्घटनाका कारण घाइतेको उद्धारमा कठिनाइ भएको अधिकारीहरुले जनाएका छन्। अँध्यारो खोचमा बस दुर्घटना भएको खबर पाएपछि स्थानीयवासीहरु गएर मोबाइलको लाइट बालेर उद्धार गरेका थिए।

राति १ बजे प्रहरीले दुर्घटनामा घाइते भएका ९ जनाको उद्धार गरेर अस्पताल भर्ना गराएको छ। जसमध्ये केहीको अवस्था गम्भीर छ। मुख्यमन्त्री पुष्कर सिंह धामीले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै मध्यरातमा भएको दुर्घटनामा तत्काल उद्धारका लागि पुगेका प्रहरी र स्थानीयवासीलाई धन्यवाद दिए। एजेन्सी

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...