काठमाडौंका मेयर बालेन अस्वस्थ, डेंगु संक्रमण ढाकछोप ?

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह अस्वस्थ भएका छन् । उनलाई केही दिनअघि डेंगु संक्रमण देखिएको निकट स्रोतले बतायो । हाल घरमै आराम गरिरहेका बालेनको अवस्था अहिले सुधारोन्मुख रहेको स्रोतको भनाइ छ । पछिल्लोपटक उनी गत बिहीबार एक सार्वजनिक कार्यक्रममा देखिएका थिए ।

Dadeldhura hospital

बालेनसँगै उनका निकट सहयोगी कुमार बेनलाई पनि डेंगुभएको स्रोतले बतायो । उनी पनि अहिले वेड रेस्टमा छन । बालेनलाई डेंगु भएको खवर उनको सचिवालयले सार्वजनिक गरेको छैन ।

Navadurga sun
Godawari sandesh

काठमाडौंमा डेंगु अनियन्त्रित भएर फैलिरहेका बेला यसको रोकथामलाई प्राथमिकतामा नराखेर दशैको मुखमा जनताको घर भत्काउदै हिडेको भनेर एकथरीले बालेनको आलोचना गरिरहेकाले खबर गोप्य राखिएको हुन सक्ने अनुमान छ ।

सहयोगी कुमार बेनले बालेनलाई डेंगु नभएर फूड पोइजनिङ भएको दावी गरे । अहिले ठिक हुन लागेको उनले जानकारी दिए । आफू पनि अस्वस्थ भएर आराम गरिरहेको उनले बताए ।

 

Loading...