अत्तरिया– कैलालीमा मोटरसाइकल दुर्घटना भएको छ । मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । एक जना घाईते भएका छन् ।



लम्कीचुहा नगरपालिका वडा नं. ७ को हरैया पुलस्थित भित्री सडकखण्डमा प्रदेश २-०२००३ प ७६७९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सोही ठाउँका ३२ वर्षीय विवेक महतको मृत्यु भएको प्रहरीले जनाएको छ ।


मोटरसाइकल चालक ३६ वर्षीय सुनिल कुश्मी भने सामान्य घाइते छन् । मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।





