अनेरास्वबियु कैलालीले चर्को भाडादर बिरुद्ध गरायो ध्यानाकर्षण

धनगढी– अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन कैलालीले चर्को भाडादर बिरुद्ध ध्यानाकर्षण भएको जनाएको छ । सुदूरपश्चिमका पहाडी जिल्ला र अन्य जिल्लाबाट आउने अधिकांस बिद्यार्थीहरु दशै तिहारमा घर फर्किरहेको अवस्थामा तोकिएको भन्दा बढी चर्को भाडा असुली गरिरहेको प्रति ध्यानाकर्षण भएको जनाएको हो ।

Dadeldhura hospital

चर्को भाडा असुल गरेको र सिट संख्या भन्दा बढी यात्रु राखी दिने गरेकाले यात्रा असुरक्षीत भएको भन्दै अनेरास्वबियु कैलालीले बिज्ञप्ती मार्फत खेद प्रकट गरेको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन कैलालीका अध्यक्ष रमेश बहादुर बोहरा तथा ईन्जार्च मोहन ऐरद्धारा ध्यानाकर्षण पत्र सुदूरपश्चिम प्रदेशको भौतिक बिकास पुर्वाधार मन्त्री दिर्घ सोडारीलाई बुझाएका छन् । साथै मन्त्रीको ध्यानाकर्षण गराई निर्धारित भाडा असुल गरी चर्को भाडादर असुल गर्नेलाई तुरुन्त कार्वाही गर्न माग गरीएको छ ।

godawari10 Mahila hinsa
Navadurga sun

Loading...