एसइई ग्रेड वृद्धि नतिजामा चित्त नबुझे कात्तिक ६ सम्म पुनर्योगको आवेदन दिन सकिने

काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ। परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का नियन्त्रक अर्जुनबहादुर रायमाझीले बुधबार २०७८ को एसइई ग्रेड वृद्धि परीक्षाको नतिजा प्रकाशित भएको जानकारी दिए।

Ganyapdhura gau
Dadeldhura hospital

उनले भने, ‘हिजै एसइईको ग्रेड वृद्धि परीक्षाको नतिजा प्रकाशित भएको छ।’ उनका अनुसार बोर्डकै वेबसाइटबाटै परीक्षा नतिजा हेर्न सकिनेछ।

Navadurga sun
Godawari sandesh

परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले बिहीबार सूचना जारी गरी ग्रेड वृद्धि परीक्षामा सम्मिलित भएका परीक्षार्थीहरूले आफूले प्राप्त गरेको ग्रेडमा चित्त नबुझे पुनर्योग गराउन चाहेमा सम्बन्धित निकायमा कात्तिक ६ गतेसम्ममा निवेदन दिन आग्रह गरेको छ।

Couple
Loading...