
धनगढी- धनगढीमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । धनगढी उप–महानगरपालिका–१६ स्थित उल्टापानी नालामा से १ त ३५०३ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा चालक सोही ठाउँका ४३ वर्षीय हरिप्रसाद चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।


जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले चालक चौधरीको घटनास्थलमै मृत्यु भएको जानकारी दिए । ट्रयाक्टर आफैँ अनियन्त्रित भएर नालामा पल्टिएको बताइएको छ ।





