Satyawati
Division ban Pahalmanpur

अनमोलसँग ‘माइतीघर २’ बनाउन लागेका निर्देशक सुवोध चोपडाको निधन

Sostya office Dadeldhura
Purbadhar dadeldhura

काठमाडौँ– अभिनेता भुवन केसीले निर्माण तयारी गरेको फिल्म ‘माइतीघर २’ का निर्देशक सुबोध चोपडाको निधन भएको छ । कोरोनाका कारण उनको भारतको मुम्बईमा निधन भएको हो ।

Malpot office dadeldhura

अभिनेता अनमोल केसीले सामाजिक सञ्जालमार्फत सुबोधको निधनको खबर बाहिर ल्याएका हुन् । ‘एक धेरै दुःखद समाचार साच्चै म अझै स्तब्ध छु’ अनमोलले अगाडि लेखेका छन् ‘मेरो आगामी प्रोजेक्ट ‘माइती घर २’ का निर्देशक सुबोध चोपडा अब हामीसँग हुनुहुन्न् । म अझै पनि तपाईको खुशी र जीनियश दिमाग सम्झन्छु ।’

सुपर काजल फिल्मसको ब्यानरमा निर्माण हुन लागेको ‘माइती घर २’ लाई चोपडाले निर्देशन गर्ने घोषणा गत महिना मात्र भएको थियो । सुबोधले ‘मर्डर’, ‘रोग’ ‘तुमसा नहीँ देखा’ जस्ता फिल्म लेखिसकेका छन् । ‘माइती घर २’ भुवनले २०२३ सालमा रिलिज भएको फिल्म ‘माइती घर’ सिक्वेलको रुपमा निर्माण गर्न लागेका हुन् ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...