
धनगढी- डडेल्धुरामा जिप दुर्घटना हुँदा ४ जना घाइते भएका छन् । धनगढीबाट डोटी जाँदै गरेको जिपको ब्रेक फेल भई अनियन्त्रित हुँदा केआईसिंह राजमार्ग अन्तरगत डडेल्धुराको गन्यापधुरा गाउँपालिका–२ को गजरौलामा दुर्घटना भई सोमवार दिउँसो चार जना घाइते भएका हुन् ।


सुपप्र ००१ च ३३६८ नम्बरको जिप दुर्घटनामा परेर चालक कञ्चनपुरको महेन्द्रनगरका वर्ष ४३ का कृष्ण ऐर, डोटी दिपायल सिलगढी नगरपालिकाका वर्ष २१ का अमन सूचीकार, वर्ष ४३ का गोपाल सूचीकार र वर्ष २२ का सन्तोष नेपाली रहेको त्यहाँ स्थित प्रहरीले जनाएको छ ।घाइतेहरूलाई उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको छ । घाइते मध्ये सन्तोष नेपालीको अवस्था गम्भीर रहेको जनाइएको छ ।





