पहिरोको क्षतिबारे अछामका दुबै सांसदले गराए सरकारको ध्यानाकर्षण

काठमाडौं- अछाम पहिरोको क्षतीबारे अछामका दुबै सांसदले सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकको शुन्य समयमा बोल्दै अछामका दुबै निर्वाचन क्षेत्रबाट निर्वाचन क्षेत्रबाट निर्वाचित सांसद डा. भीम रावल र यज्ञबहादुर बोगटीले घटनाबारे ध्यानाकर्षण गराएका हुन् ।

Dadeldhura hospital

सांसद रावलले बिहानै गृहमन्त्री बालकृष्ण खाँण र गृहसचिवलाई घटनाबारे जानकारी गराएको जनाएका छन् । उनले राहत, उद्धारका लागि हेलिकप्टर पठाइदिन आग्रह गरे ।

godawari10 Mahila hinsa
Navadurga sun

यस्तै अर्का सांसद बोगटीले मृतकलाई क्षतीपूर्ति, घाइतेको उद्धार तथा उपचार र बेपत्ताको खोजबिनका लागि आग्रह गरेका छन् । तीनदिनदेखि परेको अविरल बर्षापछि गएराती अछामका विभिन्न ठाउँमा पहिरो जाँदा हालसम्म १७ जनाको ज्यान गइसकेको छ, भने अझै ६ जना बेपत्ता छन् ।

Loading...