डेङ्गुको सङ्क्रमण बढ्दो रोकथामको प्रयास छैन

डोटी- डोटी जिल्लामा डेङ्गु बिरामी बढ्दै गए पनि डेङ्गु नियन्त्रणका लागि प्रयास थालिएको छैन। स्वास्थ्य कार्यालय डोटीका प्रमुख डिल्लीरमण जोशीका अनुसार डोटीमा भदौ १३ गते पहिलो पटक डेङ्गुका बिरामी पाइएको थियो। जिल्लामा गरिएको डेङ्गु परीक्षणमा २७ जनामा डेङ्गु पाइएको थियो। त्यस्तै जिल्ला बाहिरका स्वास्थ्य संस्थामा गरिएको परीक्षणमा छ जनामा डेङ्गु पाइएको थियो।

Dadeldhura hospital

डेङ्गु सङ्क्रमितमध्ये दिपायल सिलगढी नगरपालिकामा सबैभन्दा बढी ११ जना, पूर्वीचौकी गाउँपालिकामा सात जना, शिखर नगरपालिकामा छ जना, सायल गाउँपालिकामा दुई जना र केआई सिंह गाउँपालिकामा एक जनामा डेङ्गु सङ्क्रमणका बिरामी भेटिएको थियो।

Navadurga sun
Godawari sandesh

सङ्क्रमितमध्ये तीन जनालाई जिल्ला अस्पताल डोटीमा भर्ना गरी उपचार गरिएको अस्पतालका मेडिकल रेकर्डर नारदप्रसाद भट्टले जानकारी दिए । सफा पानीमा बस्ने लामखुट्टेको टोकाइले डेङ्गुको सङ्क्रमण फैलिने गरेको छ। १७ दिनमा ३३ जनामा डेङ्गुको सङ्क्रमण देखिएको भए पनि यसबाट बच्ने उपायका बारेमा जनचेतना जगाउने तथा लामखुट्टे नियन्त्रण गर्ने खालका गतिविधि जिल्लामा हुन सकेको छैन।

दिपायल सिलगढी नगरपालिका–६ का रामबहादुर बोहरा प्रभावकारी रूपमा डेङ्गु सङ्क्रमण रोकथामको काम गरिएको नदेखिएको बताए । डेङ्गुसँग मिल्दा लक्षण देखिनेबित्तिकै स्वास्थ्य जाँच गराउन स्वास्थ्य कार्यालय डोटीले आग्रह गरेको छ। स्वास्थ्य कार्यालय डोटीका प्रमुख डिल्लीरमण जोशीले भने, ‘विगतका वर्षको तुलनामा यस वर्ष धेरै सङ्क्रमितको सङ्ख्या देखिएकाले अवस्था जोखिमपूर्ण भएको छ। विगतका वर्षमा दुई तीन डेङ्गु सङ्क्रमणका बिरामी देखिन्न्थे, यस वर्ष १५, १६ दिनमै धेरै सङ्क्रमित देखिएका छन्।

Loading...