कैलालीमा एक सय चौबीस जनामा डेङ्गु

धनगढी- कैलालीमा डेङ्गु रोगबाट बिरामी हुनेको सङ्ख्या १२४ पुगेको छ। चालू आर्थिक वर्षको दुई महिनाको अवधिमा सो सङ्ख्यामा डेङ्गुका बिरामी फेलापरेका हुन्। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार लम्कीचुहा नगरपालिकामा सबैभन्दा धेरै ६३ जना डेङ्गुका बिरामी फेलापरेका छन्। सेती प्रादेशिक अस्पतालमा २१, टीकापुर अस्पतालमा १३, मालाखेती अस्पतालमा सात जनामा डेङ्गु पुष्टि भएको जनाइएको छ।

Dadeldhura hospital

यसैगरी चौमाला प्राथमिक प्राथमिक स्वास्थ्य चौकीमा चार, माया मेट्रो अस्पतालमा तीन, मसुरिया स्वास्थ्य केन्द्रमा एक जनामा सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। यस्तै बर्दगोरिया गाउँपालिकामा तीन, जानकीमा दुई, घोडाघोडी नगरपालिकामा दुई, टीकापुर नगरपालिका र मोहन्याल गाउँपालिकामा एक÷एक जना डेङ्गुका बिरामी फेलापरेका छन्।

Navadurga sun
Godawari sandesh

गत आर्थिक वर्ष कैलालीमा १५६ जना डेङ्गुका बिरामी फेलापरेका थिए। चालू आर्थिक वर्षको दुई महिनामा डेङ्गुका कारण कैलालीका दुई जनाको ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख लालबहादुर धामीले बताए । उनका अनुसार धनगढीको निसर्ग अस्पतालमा उपचारक्रममा धनगढी उपमहानगरपालिका–१२ की ३५ वर्षीया महिलाको ज्यान गएको छ। भदौ १४ गते ती महिलाको मृत्यु भएको हो। यसैगरी टीकापुरकी एक बालिकाको नेपालगञ्जमा उपचारक्रममा ज्यान गएको जनाइएको छ । तर त्यसबारेमा थप जानकारी प्राप्त नभएको प्रमुख धामीले बताए ।

Loading...