अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा नं.२ मा रहेको महिला तथा बालबालिका सेभ हाउसमा जन्मदिन तथा होटलको १० औं बर्षिक उत्सव मनाइएको छ ।





कैलालीको अत्तरियामा रहेको नमस्ते होटलले सेभ हाउसमा उत्सव मनाएको हो । होटलको १० औं बार्षिक उत्सव, छोराको २४ औ जन्मदिन र नातीको ११ औं जन्मदिन एकैदिन परेको अवसरमा सेभ हाउसमा उक्त उत्सव मनाएको होटलका संचालक लक्ष्मण धामीले बताए ।


उनले सो अवसर पारी सेभ हाउसमा केट काटेर, बालबालिकालाई खाना खुवाएर र फलफुल तथा कापी कलम वितरण गरेका छन् । उनले छोरा आशिष धामी र नाती सिमन धामीको जन्मदिन संगै होटलको १० औं बार्षिकोत्सव सेभ हाउसमा बसेका बालबालिकाहरु संग मनाउन पाउँदा आफुलाई खुसी लागेको बताए ।

उनले अनाथ, बेसाहारा तथा टुहुरा बालबालिका बस्ने सेभ हाउसमा एक दिन भएपनि उत्सव मनाएर रमाईलो गरेको बताए । सेभ हाउसकी अध्यक्ष जानकी मलासीले बालबालिकाहरु संग उत्सव मनाएकोमा धन्यावाद ज्ञापन गरिन ।

उनले सेभ हाउसमा मनाइएको उत्सवले बालबालिका निकै खुसि भएको बताउँदै अहिले सेभ हाउसमा ३८ जना बालबालिकाहरु रहेको समेत बताईन् ।