अत्तरियाको प्रतिभा पुस्तकालयले मनायो १५ औं राष्ट्रिय पुस्तकालय दिवस

अत्तरिया- कैलालीको अत्तरियामा १५ औं राष्ट्रिय पुस्तकालय दिवस मनाइएको छ । अत्तरियामा रहेको प्रतिभा सामुदायिक पुस्तकालयको आयोजनामा विविध कार्यक्रम गर्दै दिवस मनाइएको हो ।

godawari10 Mahila hinsa
Navadurga sun

सो अवसरमा पुस्तकालयले बिहान अत्तरियामा रहेका पदमा अस्पताल र अत्तरिया अस्पतालका बिरामीलाई फलफुल वितरण गरेको थियो । जसअन्तरगत दुवै अस्पतालमा गरी ४० जना विरामीलाई केरा, स्याउ र जुस वितरण गरिएको पुस्तकालयले जनाएको छ ।

फलफुल वितरण कार्यक्रमम पछि प्रतिभा सामुदायिक पुस्तकालयको भवनमा औपचारीका कार्यक्रम आयोजना गरिएको थियो । ‘पढौ पढाऔ : निरन्तर शिक्षाका लागि पुस्तकालय जाऔं’ भन्ने नाराका साथ यस बर्ष राष्ट्रिय पुस्तकालय दिवस मनाइएको हो । पुस्तकालयका कार्यवाहक अध्यक्ष यज्ञराज हमालको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि उक्त पुस्तकालयका संस्थापक अध्यक्ष कृष्ण दत्त पनेरु (बन्चित) रहेका थिए ।

Dadeldhura hospital

प्रमुख अतिथी रहनु भएका पनेरु कार्यक्रममा बोल्दै पुस्तकालयमा पाठकको संख्या बढाउनमा जोड दिनुपर्ने बताए । उनले मोवाईलको विकृतिका कारण अहिले पुस्तकालमा आएर अध्ययन गर्ने मानिसहरुको संख्या घट्दै गइरहेको बताए । ‘अहिले सामाज अमर्यादित हुँदै गएको छ । मोबाइलले बिकृती फैलिएको छ’ उनले भने ‘अमर्यादित बन्दै गएको समाजलाई ज्ञानी बनाउन पुस्तकालयको आवश्यकता छ ।’ उनले पुस्तकालयले अन्य कार्यक्रम भन्दा पनि पुस्तकालयमा पाठक वढाउने वातावरण सिर्जना गर्नमा ध्यान दिन आवश्यक रहेको बताए ।

कार्यक्रममा बिशिष्टि अतिथि दुर्गालक्ष्मी बहुमुखि क्याम्पसका क्याम्पस प्रमुख तथा संस्थापक सदस्य प्रा.डा. डम्मर बहादुर पाल र पदमा अस्पताल अत्तरियाका प्रवन्ध निर्देशक डा. नर बहादुर मैनी, युवा नेता लोकराज पाण्डेय आगो लगायतको सहभागित रहेका थिए । संस्थाका सचिव राजबहादुर कडायतले संचालन गरेको कार्यक्रममा संस्थाका सदस्य नरेन्द्रराज शर्माले स्वागत मन्तव्य राखेका थिए ।

नेपालमा १८६९ साल भाद्र १५ गते पुस्तक चिताइ तहविल नामक पुस्तकालयको स्थापना र सञ्चालन गर्न राजा गीर्वाणयुद्ध वीरवीक्रम शाहदेवले लालमोहर जारी गरेको ऐतिहासिक दिनलाई स्मरण गर्दै २०६५ साल भाद्र १५ गते देखि पुस्तकालय दिवस मनाउन थालिएको हो ।

Loading...