धनगढी उपमहानगरपालिकाले मुख्य सडकमा पर्ने संरचना हटाउन निर्देशन (सूचना सहित)

धनगढी– कैलालीको धनगढी उपमहानगरपालिकाले धनगढी मुख्य सडक छेउका संरचना हटाउन निर्देशन दिएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर १ कैलाली पुलदेखि वडा नम्बर ८ क्याम्पस चोक सडक छेउका संरचना हटाउन उपमहानगरले पत्राचार गरेको हो ।

Dadeldhura hospital

सडकको बिस्तृत योजना प्रतिवेदन (डिपीआर) तयार भइरहेको र सडकको दायाँ बायाँ १५ मिटर सडक अधिकार क्षेत्रभित्र पर्ने भवन हटाउन घर धनिलाई पत्राचार गरेको छ । ‘सडकको बिस्तृत योजना प्रतिवेदन (डिपीआर) तयार भइरहेको र सडकको दायाँ बायाँ १५ मिटर सडक अधिकार क्षेत्रभित्र पर्ने टहरा असोज मसान्तसम्म हटाई सहयोग गरिदिन हुन सम्बन्धित घर धनीहरुमा अनुरोध गरिन्छ भनेर पत्रमा उल्लेख गरिएको छ ।

godawari10 Mahila hinsa
Navadurga sun

यदि उक्त समयमा सडक क्षेत्र खालि नभए कानून वमोजिम कारवाही गरिने उपमहागरद्वारा प्रकाशित पत्रमा उल्लेख गरिएको छ।

Loading...