एसईई ग्रेड वृद्धि परीक्षा दिइरहेका परीक्षार्थीबाट एक कार्टुन चिट बरामद

Purbadhar dadeldhura
Malpot office dadeldhura

बैतडी- बैतडीमा एसईई ग्रेड वृद्धि परीक्षा दिइरहेका परीक्षार्थीबाट एक कार्टुन चिट बरामद गरिएको छ । आइतबार विरेन्द्र मावि शाहीलेकमा परीक्षार्थीबाट चिट बरामद गरिएको हो । त्यहाँ अनुगमनका लागि पुगेको प्रमुख जिल्ला अधिकारी सहितको टोलीले चिट भेटाएको जनाएको छ ।

अनुगमन टोलीका एक सदस्यका अनुसार फेला परेका चिट नष्ट गरिएको छ । यस्तै विरेन्द्र माविपछि दशरथचन्द मावि सुन्दरखालीमा पनि अनुगमन टोलीले परीक्षार्थीले मोबाइल चलाउँदै गरेको फेला पारेको छ । उनीहरुमाथि आवश्यक कारबाही गरिने पनि बताइएको छ ।

Dadura khop_Chure
Dadura khop_parshuram nagarpalika
Loading...