धनगढीमा मोटरसाइकल दुर्घटना एक को मृत्यु

धनगढी- धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सोमबार राति मोहनापुल-अत्तरिया ६ लेन सडकखण्ड अन्तरगत राजपुरमा मोटरसाइकल गाईसँग ठोक्किदा २ जना घाइते भएपनि एक जनाको उपचारको क्रममा मृत्यु भएको हो ।

Dadeldhura hospital

घाइतेमध्ये मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका वडा नं. १३ बस्ने ३० वर्षीय गंगा बोगटीको मृत्यु भएको हो । उनको उपचारको क्रममा निसर्ग अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

godawari10 Mahila hinsa
Navadurga sun

सोही मोटरसाइकलमा सवार गंगाकी श्रीमती शुशिला शर्मा घाइते छिन् । उनको सोही अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको ट्राफिक प्रहरीले जनाएको छ । अत्तरियाबाट धनगढीतर्फ आइरहेको सुपप्र ०१०११ प ३८१६ नम्बरको मोटरसाइकल गाईसँग ठोक्किएको थियो । दुर्घटना परि गाई मरेको छ ।

Loading...