


डडेल्धुरा– डडेल्धुरामा पहिलो पटक सवारी चालक अनुमति पत्र (लाइसेन्स)को परीक्षा सञ्चालन भएको छ । यातायात व्यवस्था कार्यालय डडेल्धुराले आइतबार लाइसेन्सको लिखित परीक्षा सञ्चालन गरेको हो । कार्यालय प्रमुख मेखराज उपाध्यायका अनुसार पहिलोपटक सञ्चालन भएको ए, के र बी वर्ग अथात् मोटरसाइकल, स्कुट, जीप र कारको लिखित परीक्षा सञ्चालन गरिएको बताए ।


‘कार र जीपका लागि ४८ जनाले बायोमेट्रिक गरेकोमा परीक्षामा ४३ जना सहभागी भएका छन् भने मोटरसाइकल र स्कुटरका लागि १ सय २२ जनाको बायोमेट्रिक भएकोमा ५ जना अनुपस्थित भएका छन्,’ निमित्त कार्यालय प्रमुख उपाध्यायले भने । उनका अनुसार अब लिखित परीक्षाको नतिजा प्रकाशन गर्दै भदौ दोस्रो साताभित्र प्रयोगात्मक अर्थात् ट्रायल गर्ने तयारी छ ।



