धनगढी पोलिटेक्नीकल इन्स्टिच्यूटमा विद्यार्थीको तालाबन्दी

धनगढी- कैलाली स्थित धनगढी पोलिटेक्नीकल इन्स्टिच्यूटमा विद्यार्थीले तालाबन्दी गरेका छन्। उपमहानगरपालिका द्वारा सञ्चालित इन्स्टिच्यूटमा आज विद्यार्थीले विभिन्न माग राख्दै ताला लगाएका हुन्। वडा नम्बर ६ मा रहेको इन्स्टिच्यूटमा ड्रोइङ शिक्षक, शैचालय निर्माण, खानेपानी तथा विद्युतको व्यवस्थापन, ल्याब स्थापनाको मागसहित ताला लगाइएको विद्यार्थी अमित ठगुन्नाले बताए।

Dadeldhura hospital

यस्तै प्रयोगात्मक परीक्षसमेत दिन नपाएको गुनासो समेत विद्यार्थीले गरेका छन् । चालु वर्षका लागि बजेटपनि नदिएका कारण अनिश्चितकालका लागि कार्यालयमा ताला लगाएको विद्यार्थी ठगुन्नाले बताए। उपमहानगरपालिका उक्त माग सम्बोधन हुनेगरि काम नगर्दासम्म ताला नखोल्ने विद्यार्थीको भनाई रहेको छ ।

Navadurga sun
Godawari sandesh

विद्यार्थीले विभिन्न मागसहित कार्यालयमा ताला लगाएको इन्स्टिच्युटका प्रिन्सीपल सुर्यबहादुर कार्कीले बताए। ‘अहिले हामी नगरपालिकामा छौं। विद्यार्थीहरु पनि आउनुहुन्छ। हामीहरु बसेर यो समस्याको समाधान निकाल्छौं,’ कार्कीले बताए ।

Loading...