नेकपा एकीकृत समाजवादी सुदूरपश्चिमको प्रमुख सचेतकमा दुर्गा विक च‍यन

धनगढी, ३१ भदौ– नेकपा एकीकृत समाजवादी सुदूरपश्चिम संसदीय दलको प्रमुख सचेतकमा दुर्गा विक चयन भएकी छन् । बिहीबार बसेको संसदीय दलको बैठकले विकलाई प्रमुख सचेतक चयन गरेको हो ।

Dadeldhura hospital

संसदीय दलका नेता दीर्घबहादुर सोडारीले विकलाई दलको बैठकको निर्णयका आधारमा बिहीबार नै प्रमुख सचेतकमा नियुक्त गरेका छन् । बैठकले संसदीय दलको कार्यालय समेत स्थापना गरेको छ ।

Navadurga sun
Godawari sandesh

सबैभन्दा ठूलो दलको हैसियतमा तत्कालीन नेकपा र पछि नेकपा एमालेले प्रयोग गर्दै आएको प्रदेशसभा सचिवालय परिसरमा रहेको भवनमै कार्यालय स्थापना गरिएको हो । १४ सांसदसहित प्रदेशसभामा सबैभन्दा ठूलो दलका हैसियतमा सोही भवनमा कार्यालय स्थापना गरिएको एकीकृत समाजवादीले जनाएको छ ।

Loading...