स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी नभएपछि बाटोमै सुत्केरी

बाजुरा– सुत्केरी बेथाले च्यापेपछि स्वास्थ्य संस्थामा पुगेकी बाजुरा स्वामीकार्तिक खापर गाउँपालिका-१ मुक्तिकोटकी एक महिलाले बाटोमै बच्चा जन्माएकी छिन्। स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी नभएपछि फर्कने क्रममा ३५ वर्षीया कार्तिका बिकले बाटोमा नै बच्चा जन्माएकी हुन्।

परिवारले उनलाई समयमा नै स्वास्थ्य संस्थामा लगेका थिए। तर स्वास्थ्य संस्थामा कोही पनि नभएपछि फर्कने क्रममा बाटोमा नै बच्चालाई जन्म दिएको खबर स्थानीय सञ्चारमाध्यम बडिमालिका खबरले प्रकाशित गरेको छ।

Navadurga sun

सार्वजनिक समाचार अनुसार वडा नम्बर २ मा रहेको माझगाउँ स्वास्थ्य इकाइ केन्द्रमा स्वास्थ्यकर्मी नहुँदा ३५ वर्षीया बिकले बाटोमा बच्चा जन्माएकी हुन् ।

स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी नभेटेपछि फर्कने क्रममा ताहाडा खोला नजिकै बाटोमा छोरा जन्माएको स्थानीय बल बहादुर बिकले बताएको विवरण सञ्चारमाध्यममा उल्लेख छ।

वडा अध्यक्ष अजय बहादुर बिकका अनुसार माझगाउँ इकाइ स्वास्थ्य केन्द्रमा सबै कर्मचारी करार रहेका र उनीहरुको म्याद नथपिएका कारण स्वास्थ्य संस्था कर्मचारी बिहिन भएको हो।

ADD Khali jpg
ADD Khali jpg
Loading...