कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते
धनगढी– कैलालीमा मोटरसाइकल दुर्घटना हँुदा एक जनाको मृत्यु भएको छ । जिल्लाको गौरीगङ्गा नगरपालिका वडा नं ९ शंकरपुरमा मंगलबार राती साढे नौ बजेतिर सु.प.प्र.०१-००९ प.७८९१ र से.७ प.११४७ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा से।७ प।११४७ नम्बरको मोटरसाइकलका चालक राम अवतार कठरियाको उपचारको क्रममा घोडाघोडी अस्पतालमा मृत्यु भएको हो ।
सोहि मोटरसाइकलमा सवार कैलारी ८ का २० वर्षीय आशिष कठरियाको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको र अर्का घाइते रोशन कठरियाको घोडाघोडी अस्पताल सुखडमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय मसुरियाले जनाएको छ।
दुर्घटनामा सु.प.प्र.०१-००९ प. नम्बर मोटरसाइकल चालक गौरीगङ्गा ९ शंकरपुरका २७ वर्षीय रमेश चौधरी घाइते भएका छन् । चौधरीको कैलाली अस्पताल धनगढीमा उपचार भइरहेको छ ।
