


कञ्चनपुर– सुदूरपश्चिम विश्वविद्यालले करार सेवामा शिक्षक तथा कर्मचारी भर्ना गर्ने प्रक्रिया स्थगन गरेको छ । विश्वविद्यालयले मंगलबार विविध कारणले शिक्षक तथा कर्मचारी करार सेवामा भर्ना गर्न यसअघि प्रकाशित गरिएको सूचना स्थगित गरिएको जनाएको छ । विश्वविद्यालयले सूचना स्थगित गर्नुको कारणबारे भने केही खुलाएको छैन ।


विश्वविद्यालयले असार २४ गते राष्ट्रिय दैनिक गोरखापत्रमा सूचना प्रकाशित गर्दै कर्मचारी र विभिन्न संकायका शिक्षक करार सेवामा माग गरेको थियो ।



