चुनावअघि कुनै पार्टीसँग पनि एकता हुँदैन: माधव नेपाल

धनगढी– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चुनावअघि कुनै पार्टीसँग पनि एकता नहुने बताएका छन्। धनगढीमा सोमबार बिहान पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष नेपालले अहिले कुनै पार्टीसँग पनि एकता नगरिने बताएका हुन्।

केही दिनअघि नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्र चुनावअघि नै एकता हुने भन्ने खबर आएका थिए। त्यसतर्फ लक्षित गर्दै उनले अहिले कुनै पार्टीसँग एकता गर्ने पक्षमा आफूहरू नरहेको बताएका छन्।

Navadurga sun

‘चुनावअघि हाम्रो कुनै पनि पार्टीसँग एकता हुँदैन,’ अध्यक्ष नेपालले भने, ‘पार्टी एकता हुन्छ कि भनेर कतिपय थर्कमान भएका छन्। अहिले थर्कमान नहुनु। मुटुको धड्कन नबढाएर ढुक्क भएर बसे हुन्छ।’

उनले अहिले कुनै पार्टीसँग एकता गर्नेतिरभन्दा पनि एकीकृत समाजवादीले संगठन विस्तार लगायतमा ध्यान दिइरहेको बताएका थिए।

ADD Khali jpg
ADD Khali jpg
Loading...