श्रीमती र भाउजूमाथि खुकुरी प्रहार

विराटनगर– मोरङको कानेपोखरी गाउँपालिका-६ का ३८ वर्षीय आकाश लिम्बूले आफ्नै श्रीमती र भाउजूमाथि आइतबार राति खुकुरी प्रहार गरेका छन्। आकाशको खुकुरी प्रहारबाट उनकी श्रीमती ३२ वर्षीया रोजिना लिम्बू र भाउजू ३७ वर्षीया मनमाया लिम्बू घाइते भएका छन्।

खुट्टा, हात लगायत शरीरका विभिन्न भागमा चोट लागेका दुवै जनाको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको मोरङका प्रहरी नायव उपरीक्षक राजन कार्कीले जानकारी दिए।

Navadurga sun

उनकाअनुसार घरयासी विवादका क्रममा आकाशले श्रीमती रोजिनामाथि राति साढे ९ बजेतिर खुकुरी प्रहार गरेको खुलेको छ। रोजिनामाथि प्रहार हुन थालेपछि छुट्याउन आएकी भाउजू मनमायालाई पनि आकाशले खुकुरीले हानेको कार्कीले बताए।

घटनापछि आकाशलाई प्रहरीले पक्राउ गरेको छ। आकाशलाई इलाका प्रहरी कार्यालय पथरीमा राखेर घटनाको अनुसन्धान थालिएको जानकारी उनले जानकारी दिए।

ADD Khali jpg
ADD Khali jpg
Loading...