नुहाइरहेकी किशोरीमाथि करणी प्रयास गर्ने ४४ वर्षीय बिर्ख पक्राउ

RBB Bank Suvakamana
Purbadhar dadeldhura

बझाङ– बझाङमा किशोरीमाथि जबरजस्ती करणीको प्रयास गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको बुङ्गल नगरपालिका-४ खिरातडीका ४४ वर्षीय बिर्ख नेगी पक्राउ परेका हुन् ।

Malpot office dadeldhura

प्रहरीका अनुसार यही असार २१ गते साँझको समयमा रोपाइँ सकेर घर नजिकैको धारामा नुहाइरहेकी १७ वर्षीया किशोरीलाई मदिरा सेवन गरेका उनले बलात्कारको प्रयास गरेका थिए । नेगीले किशोरीलाई धाराभन्दा केही तल लगी बलात्कार प्रयास गर्दा किशोरीले चिच्याएको आवाज स्थानीयले सुनेपछि प्रहरीलाई खबर गरेका थिए ।

२३ गते पक्राउ परेका नेगीमाथि जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रवक्ता प्रहरी निरीक्षक जनक ढुंगानाले बताए ।

add haru
Dadeldhura Aspatal & Ban
Loading...