बझाङमा २२ गते एमालेको अधिवेशन हुँदै, महासचिव पोखरेल आउने

बझाङ, १८ असार– नेकपा एमालेका महासचिव शंकर पोखरेल अगामी मंगलबार बझाङ आउने भएका छन् । बझाङको एमाले जिल्ला अधिवेशनमा सहभागी हुन महासचिव पोखरेल आउन लागेको एमाले केन्द्रीय सदस्य तथा बझाङका सह इन्चार्ज ऐन महरले जानकारी दिए ।

महासचिव पोख्रेल सहित जिल्ला अधिवेशनमा सहभागी हुन पार्टीका केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज लेखराज भट्ट, प्रदेश अध्यक्ष दामोदर भण्डारी लगायतका नेताहरूको उपस्थिति हुने जनाइएको छ । आगामी २२ गते हुने जिल्ला अधिवेशनका लागि महासचिव पोख्रेल २१ गते बझाङ पुग्ने कार्यक्रम रहेको उनले बताए । २२ गते उद्घाटन गर्ने र २३ गते नयाँ नेतृत्व चयन गरिने जनाइएको छ ।

एमालेले अघिल्लो वर्ष पुस २३ गते देशै भरी एकै दिन जिल्ला अधिवेशन आयोजना गरेको थियो । उक्त दिन सुदूरपश्चिम प्रदेशको बझाङ बाहेक सबै जिल्लामा अधिवेशन सम्पन्न भएको थियो । बझाङमा मौसम खराब भएका कारण उक्त दिन अधिवेशन हुन सकेको थिएन ।

Hoolyland
Satyawati
Leave A Reply

Your email address will not be published.