गोदावरी धाममा नब निर्मित कैवल्यनाथ मन्दिर (माेक्षद्वार) को उदघाटन

अत्तरिया, २६ जेठ- गोदावरी धाममा नब निर्मित कैवल्यनाथ मन्दिर (माेक्षद्वार) आज उदघाटन गरिएको छ। मन्दिरमा स्थापना गरिएको पन्चमुखी शिवलिङग को एक बिशेश समारोहका बिच १००८ स्वामी लोकानन्द माहाराज जी ले प्राण प्रतिष्ठा गरेका हुन। पुरानो कलात्मक शैलीमा मन्दिरको निर्माण गरिएको छ ।

२०७३ देखी मन्दिर निर्माण शुरु गरिएको थियो । संघ सरकारको शहरी बिकास कार्यक्रमको सहयोगमा उपभोक्ता मार्फत मन्दिर निर्माण गरिएको हो । झण्डै ढेड करोड बढिको लगानीमा मन्दिर निर्माण गरिएको गोदावरी धाम बिकास समितीले जनाएको छ ।

Navadurga sun

मन्दिर परिसरमा १००८ शिवलिङगहरु पनि स्थानियले आफ्ना पित्रीहरुको नाममा स्थापना गरेका छन । मन्दिरमा पुगेर आज नै सुदुरपश्चिम प्रदेशका प्रमुख देबराज जोशीले पनी पूजाआजा गरेका छन । पशुपती नाथ मन्दिरको झल्को दिने गरी मन्दिरको निर्माण भएको छ । मन्दिर निर्माण मा सहयोग गर्नेहरुलाई पनि सम्मान गरिएको छ ।

गोदावरी धाम बिकास समितीका अध्यक्ष पदमराज जोशीले मन्दिर निर्माण भए सँगै यस क्षेत्रमा धार्मिक पर्यटन बढने विश्वास ब्यक्त गरे । उनले लामो समय देखी मन्दिर निर्माण गर्ने सपना पनि पुरा भएको बताए । गोदावरी धाम बिकास समितीले गोदावरीमा कुम्भ मेला अर्ध कुम्भ मेला को पनि आयोजना गरीसकेको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...