आजदेखि कक्षा १२ को परीक्षा सुरु

काठमाडौँ- आजदेखि कक्षा १२ को वार्षिक परीक्षा देशभर एकैसाथ परीक्षा सुरु हुँदैछ। बिहान ८ बजेदेखि ११ बजे सम्म सञ्चालन हुने परीक्षामा ४ लाख १० हजार ५० विद्यार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

Ganyapdhura gau
Dadeldhura hospital

जेठ २५ गतेसम्म परीक्षा हुने राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए। बोर्डले कक्षा १२ को प्रश्नपत्र हरेक परीक्षा केन्द्रमा अनलाइन माध्यमबाट नै पठाउने तयारी गरेको छ।

Navadurga sun
Godawari sandesh

राष्ट्रिय परीक्षा बोर्डका प्रादेशिक कार्यालयहरुले जिल्ला परीक्षा समन्वय समितिसँग समन्वय गरेर काम गरिरहेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले बताए।कोरोना महामारीका कारण बोर्डले गएको वर्षदेखि प्रश्नपत्र प्रकाशन गर्न छाडेको हो। परीक्षा बोर्डले अनलाइन माध्यमबाट पठाउने गरेको छ ।

Couple
Loading...