धनगढी, ११ जेठ- क्षेत्रीय सहरी विकासमार्फत कैलालीको धनगढीमा निर्माण थालिएका सडकको विवाद हटाउने निणर्य गरिएको छ । मंगलवार नगरप्रमुख गोपाल हमाललको अध्यक्षतामा बसेको बैठकले सहिद गेट-क्याम्पस गेट सडकको विवाद हटाउने निणर्य गरेको हो ।

उक्त सडकको तीन ठाउँमा विवाद रहेको र विवादित ठाउँका नागरिकलाई बोलाएर छलफल गर्ने निणर्यमा उल्लेख गरिएको छ । उपमहानगरपालिका क्षेत्रमा रहेका क्षेत्रीय सहरी विकासका सडकमा रहेको विद्युत तथा टेलिफोनका पोल र खानेपानीका पाइपहरु व्यवस्थापनका लागि सरोकारवालासँग समन्वय गर्ने समेत निणर्यमा लेखिएको छ ।
धनगढीको मुख्य ट्राफिक चौराहामा रहेको खाल्डो र चौराहादेखि कैलाली पुलसम्मको सडकमा परेका खाल्टाखुल्टी निर्माण कम्पनीले पुर्ने उल्लेख गरिएको छ । धनगढीमा सात सडक एशियाली विकास बैँक (एडिबी) को ऋण सहयोगमा निर्माण हुँदैछन् । ती १० किलोमिटर सडक निर्माणको ठेक्का कालिका कान्ट्रक्सनले पाएको छ ।